बजेट मस्यौदा तयार गर्न लेखन समिति गठन

आर्थिक लाइभ
आर्थिक लाइभ २४ चैत्र २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट तर्जुमाका लागि अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरिएको छ।

मन्त्रिस्तरको आजको निर्णयबाट सहसचिव बरालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो।

समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिवहरु उत्तमकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य छन्।

समितिका सदस्यहरुलाई आगामी वर्षको बजेटको मस्यौदा लेखनका लागि कार्यक्षेत्रहरुसमेत तोकिएको अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array