लघुवित्तका समस्या समाधानका उपायबारे राष्ट्र बैंकले माग्यो सुझाव

आर्थिक लाइभ
आर्थिक लाइभ १९ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका समस्या र समाधानका उपायबारे सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

सो समितिले सरोकारवाला निकायबाट सुझाव माग गरेको हो । राष्ट्र बैंकको [email protected] मा इमेल गरी सुझाव दिन सकिने भएको छ । लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र सो समस्या समाधान गर्न चाल्नु पर्ने कदमबारे सुझाव दिन सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्