घरजग्गामा महिलाको स्वामित्व बढ्यो

आर्थिक लाइभ
आर्थिक लाइभ १२ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । दुइ दशकमा घरजग्गामा महिलाको स्वामित्व ११ दशमलव ८ प्रतिशतले बढेको छ । राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालमा करिब १२ प्रतिशत परिवारका महिलाको नाममा घर वा जग्गाको स्वामित्व रहेकोमा राष्ट्रिय जनगणना २०७८ मा घर, जग्गा वा घरजग्गा दुवैमा महिलाको स्वामित्व रहने परिवार संख्या २३ दशमलव ८ प्रतिशत पुगेको छ । यो संख्या २०६८ को जनगणनामा १९ दशमलव ७१ प्रतिशत थियो ।

राज्यले विभिन्न किसिमका छुट दिइरहँदा पनि २० वर्षको अन्तरालमा जग्गा वा घरमा महिलाको स्वामित्व ११ दशमलव ८ प्रतिशतले मात्र बढेको हो । सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्व छुट दिइरहेको छ तर पनि एक चौथाइ महिलासँग पनि घर वा जग्गाको स्वामित्व नभएको पाइएको हो ।

राष्ट्रिय जनगणना २०५८ र २०६८ को तुलनामा घर वा जग्गामा महिलाको स्वामित्व केही बढेको देखिए पनि यो पुरुषको तुलनामा अझै धेरै कम हो । सरकारले जग्गामा महिलाको स्वामित्व बढाउन जग्गा पास गर्दा लाग्ने राजस्वमा छुट दिएपनि पुरुषसरह जग्गामा महिलाको स्वामित्व बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

Array