चाँदी आयातकाे बढ्यो सीमा

आर्थिक लाइभ
आर्थिक लाइभ ९ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । देशभित्रै खपत गर्ने प्रयोजनका लागि आयात हुने चाँदीको सीमा बढेको छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन परिमार्जन गर्दै चाँदी आयातको सीमा बढाएको हो ।

अब व्यवयासीले प्रतिपटक ६० हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न पाउने भएका छन् । यसअघि प्रतिपटक ३५ हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न पाउने सीमा थियो ।

तर, यसरी चाँदी आयात गर्दा राष्ट्र बैंकले तोकिदिएको मापदण्ड भने पूरा गर्नुपर्नेछ । जसमा चाँदी आयात गर्दा प्रचलित व्यवस्था बमोजिम अन्य कागजातका अतिरिक्त अनिवार्य रुपमा ‘माष्टर एयरवेज बिल’ समेत संलग्न गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array