१ खर्ब १४ अर्ब वैदेशिक ऋण र २४ अर्ब अनुदानका लागि सम्झौता

आर्थिक लाइभ
आर्थिक लाइभ ८ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाल सरकारले चालू आर्थिक वर्ष भरिमा १ खर्ब १४ अर्ब ऋण र २४ अर्ब ५६ करोड अनुदानका लागि सम्झौता गरेको छ। साउनदेखि हालसम्म कुल १ खर्ब ३८ अर्ब ५६ करोड वैदेशिक सहयोगको लागि सम्झौता गरेको हो।

चालू आर्थिक वर्षमा १८ वटा आयोजना तथा कार्यक्रमको लागि सहयोग सम्झौता गरेको छ। मानव स्रोत विकास स्कलरसिप कार्यक्रमको लागि जाइकाले ३५ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ।

सस्टेनेवल वास फरवाल कार्यक्रमको लागि इयुले १ अर्ब ३७ करोड सहयोग गरेको छ। यस्तै, स्विजरल्याण्डले साउन १८ गते १ अर्ब अनुदान दिने सहमति गरेको छ। विश्व बैंकले भदौ १३ गते १२ अर्ब ७५ करोड ऋण दिने बताएको थियो।

विश्व बैंकले असोज २ गते फरक दुई कार्यक्रमको लागि ३४ अर्ब ९६ करोड रुपैयाँ र १७ अर्ब ७९ करोड रुपैयाँ ऋण सम्झौता गरेको अर्थ मन्त्रालयले जनाकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array