काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ बराबर भएको छ।
चालू आर्थिक वर्षमा वस्तु आयात तथा निर्यात दुवै घटिरहेको छ। यो अवस्थामा पनि नेपालको व्यापार घाटा उच्च नै देखिएको छ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको वस्तु आयात १० खर्ब ५८ अर्ब रुपैयाँ बराबरको देखिएको छ भने वस्तु निर्यात १ खर्ब ४ अर्ब रुपैयाँ बराबर देखिएको छ।

गत आर्थिक वर्षको ७ महिना अवधीमा नेपालको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको भएको थियो।





प्रतिक्रिया दिनुहोस्