आक्रमण जारी राखे बैंकिङ सेवा बन्द गर्ने चेतावनी

आर्थिक लाइभ
आर्थिक लाइभ ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण हुन थालेपछि बैंक तथा वित्तीय संस्थाको ४ वटै संगठनले आपत्ति जनाएका छन्। उनीहरुले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधि गर्नेलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन्।

संघले पछिल्लो समय केही व्यक्ति/समूहहरुले बैंक/वित्तीय तथा लघुवित्त संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु,अराजक व्यवहार र सांघातिक आक्रमण भइरहेको भन्दै निन्दा गरेको छ।

विभिन्न समयमा मुलुकमा आईपरेको महा–भूकम्प,कोभिड महामारी जस्ता विषम परिस्थितिमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गरेका कर्मचारीहरु माथि जाजरकोट,मकवानपुर,म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड,सांघातिक हमला, कार्यालयमा तालाबन्दी भएको भन्दै घोर आपत्ति रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्