सरकारले रासायनिक मलमा अनुदान कटौती गर्‍यो

आर्थिक लाइभ
आर्थिक लाइभ २९ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेको छ। सरकारले ११.७८ प्रतिशतले अनुदान कटौती गरेसँगै किसानले यसअघिको भन्दा बढी मूल्य तिर्नुपर्ने भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २६ फागुनअघि मलमा समग्रमा ७० प्रतिशत किसान अनुदान रहेकामा त्यसलाई कटौती गरेर ५९‍.४ प्रतिशतमा झारिएको छ।

कृषि मन्त्रीको विभागीय निर्णयअनुसार, मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको फागुन २९ गतेको बैठकले आयात बिन्दुमा युरिया मलको बिक्री मूल्य प्रति केजी २५ रुपैयाँ पुर्‍याएको छ। यसअघि प्रतिकेजी १४ रुपैयाँ मात्रै थियो।

यसअघि ४३ रूपैयाँ रहेको डीएपी मलको मूल्य प्रतिकेजी ५० रुपैयाँ पुर्‍याइएको छ। पोटास मलको मूल्य पनि प्रति केजी ३१ बाट बढाएर ४० पुर्‍याइएको छ।

त्यसैगरी, डीएपी मलमा यसअघि दिइएको ५९ प्रतिशतको अनुदानलाई घटाएर ५२‍.४ प्रतिशतमा झारिएको छ। पोटासमा यसअघि दिइएको ५८ प्रतिशत अनुदानलाई ४६ प्रतिशतमा झारिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array