लघुवित्तको समस्या पहिचान र समाधानको लागि राष्ट्र बैंकले बनायो समिति

आर्थिक लाइभ
आर्थिक लाइभ २२ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा देखिएको समस्याहरूको पहिचान तथा समाधान गर्न अध्ययन समिति गठन गरेको छ ।

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक अनुसन्धान विभाग प्रमुख प्रकाश श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

अध्ययन समितिमा दुई जना स्वतन्त्र विज्ञ, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक, अनुसन्धान विभागका निर्देशकसहित नेपाल लघुवित्त बैंकर्स संघको एक जना प्रतिनिधि सदस्य रहने गरी ७ सदस्यीय समिति बनाएको हो । समितिमा आर्थिक अनुसन्धान विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिईएको छ ।

समितिलाई लघु वित्त क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकले लिनु पर्ने नीतिगत व्यवस्थाका विषयमा अध्ययन गरि ६ महिना भित्र सुझाव दिने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array