भिभोका दुईवाट स्मार्टफोन भी२५ई र वाई१५सीको मूल्य घट्यो

आर्थिक लाइभ
आर्थिक लाइभ १८ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं । एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन भी२५ई र वाई१५सी मोडलहरुको मूल्य भारी मात्राले घटाएको छ।

भी२५ई (८+१२८ जीवी) को पुरानो मूल्य रु. ४२ हजार ९९९ थियो। अब रु. ३ हजार घटेर अब यो स्मार्टफोन नयाँ मूल्य रु.३९,९९९ मा उपलब्ध हुनेछ।

त्यस्तै रु. १७ हजार ९९९ मूल्य रहेको भिभो वाई१५सीको मस्ल्य पनि रु. ३ हजारले घटेको छ। वाई१५स्ी मार्च १ तारिखदेखि मार्च ३१ तारिखसम्म रु. १४ हजार ९९९ मूल्यमा उपलब्ध हुनेछ। यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटमा उपलब्ध हुनेछ।

भिभो नेपालका सीईओ माइकलले भने, ‘भिभोमा हामी हाम्रा ग्राहकको जीवनस्तर वृद्धि गर्न र उनीहरुलाई हाम्रा उत्पादनहरुमा थप पहुँचयोग्य बनाउन निरन्तर लागि परेका छौं। हामी भिभो स्मार्टफोनको मूल्य घटाएर हाम्रा उपभोक्ताप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौँ। दुवै भी र वाई सिरिजका स्मार्टफोनहरु किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरु रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो।’

भिभो भी२५ई मा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ जसमा उच्च–संवेदनशील सेन्सर र ओआईएस छ। जसले हाइब्रिड इमेज स्टेबलाइजेशन प्रदान गर्दछ। स्मार्टफोनमा बोकेह फ्लेयर पोट्र्रेट विशेषता पनि छ। जसले डुअल क्यामेरा सेटअप प्रयोग गरेर रात्रिकालिन फोटोग्राफीलाई सुधार गर्दछ।

फोनमा ४४वाटको फ्ल्यासचार्ज र बलियो ४५०० एमएएच ब्याट्री रहेको छ जसले अत्यन्तै छिटो चार्ज गर्न अनुमति दिन्छ र प्रयोगकर्ताले ब्याट्रीको जीवन वा फोन अत्यधिक तात्ने चिन्ता नगरी फोनका अन्य सबै क्षमताहरुको फाइदा लिन सक्छन्। भी२५ई मा मिडिया टेक हेलियो जी९९ सीपीयू छ जसले फोनमा भएका सुविधाहरुलाई सजिलैसँग सञ्चालन गर्दछ। यसमा ८जीबी र्याम छ जसलाई ३.० र्यामको सहायताले ८जीवी सम्म विस्तार गर्न सकिन्छ।

भी२५ई को कलर चेन्जिङ ग्लास प्यानलले सबैभन्दा बढी ध्यान तानेको छ। सूर्यको प्रकाशमा पर्दा यसले विस्तारै पछाडिको प्यानलको रङ परिवर्तन गर्छ।

वाई१५सी मा आई प्रोटेक्शन सहितको ६.५१ इन्चको फूलभ्यू डिस्प्ले, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा छन् र यी सबैले सहज मनोरञ्जन अनुभव प्रदान गर्दछ।

प्रतिक्रिया दिनुहोस्

Array