बैंकविरुद्ध व्यवसायीको प्रदर्शन

आर्थिक लाइभ
आर्थिक लाइभ १८ फाल्गुन २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं । बैंकको चर्को ब्याजदरका विरुद्ध आज पनि धनगढीका व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। बैंकको ब्याजदर घटाउनु पर्ने माग गर्दै व्यवसायीहरूले बिहीबार पनि धनगढीमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले धनगढीको चटकपुरदेखि पार्कमोडसम्म विरोध ¥याली निकालेका हुन्। विरोध प्रदर्शनमा उनीहरुले व्यवसायीमाथिको आतंक बन्द गर, बैँकको ब्याजदरमा एकरुपता कायम गर, व्यवसायीमाथिको ब्यापार बन्द गर लगायतका नाराहरु लगाएका थिए। यस्तै व्यवसायीहरुले भोलि शुक्रबार मुख्यमन्त्री कार्यालय अगाडि धर्ना गर्ने कार्यक्रम राखेका छन्।

प्रतिक्रिया दिनुहोस्