राष्ट्र बैंक भन्छ, ‘लघुवित्तले कर्जा ब्याजदर १५ प्रतिशत बढी लिए उजुरी गर्नू’

आर्थिक लाइभ
आर्थिक लाइभ १६ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले कर्जाको ब्याज १५ प्रतिशत बढी लिए कारबाही हुने भएको छ। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त संस्थालाई कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिए कारबाही गर्ने जनाएको हो। पछिल्लो समय लघुवित्त वित्तीय संस्थाले ऋणीबाट आफूखुसी ब्याज लिएको गुुनासो आएपछि राष्ट्र बैंकले सूचना जारी गरेको हो।
सूचनामा भनिएको छ, ‘लघुवित्तले वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिन नहुने व्यवस्था छ। संस्थाले १५ प्रतिशत बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकका रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुन्छ।’

प्रतिक्रिया दिनुहोस्

Array