काठमाडौं । अल्पकालिन ऋणको ब्याज दर घटेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो ब्याजको प्रबृत्ति हेर्दा घट्दो भने देखिन्छ। नेपाल राष्ट्र बैंकले सरकारका लागि सोमबार उठाइ दिएको आन्तरिक ऋणको ब्याज दर अघिल्लो पटक उठाएकै हाराहारीमा कायम भएको छ।
सोमबार जारी २८ दिने ट्रेजरी बिलको औषत ब्याज दर ७.२१ प्रतिशत कायम भएको छ। अघिल्लो पटक यसको ब्याज दर ७.२६ प्रतिशत थियो। यसैगरी ९१ दिने ट्रेजरी ब्याज ९.३९ प्रतिशतमा आएको छ। यसअघि ९.५७ प्रतिशत थियो।
३६४ दिने ट्रेजरी बिलको ब्याज दर ९.६६ प्रतिशत कायम भएको छ। यसअघि १०.०९ प्रतिशत थियो। राष्ट्र बैंकले केही नवीकरणसहित १५ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गरेको थियो। यसको ब्याज मिश्रृत देखिएको हो।
बैंकहरुको अन्तर बैंक सापटी दर पनि ७ प्रतिशत हाराहारीमा कायम छ। केही अघि बढेर स्थायी तरलता सुविधा (एसएलएफ) कै दर ८.५ प्रतिशत कायम भएको थियो। कर्जा निक्षेप अनुपात पनि ८६ प्रतिशत हाराहारी नै छ।





प्रतिक्रिया दिनुहोस्