काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुनचाँदी कारोबारसम्बन्धी एकीकृत निर्देशिका छिट्टै जारी हुने बताएका छन् । मन्त्री भण्डारीले देशभरका सुनचाँदी पेशा व्यवसायसँग सम्बन्धित दुईवटै महासंघको आग्रह अनुसार आवश्यक अध्ययन गरी नीति जारी गरिने प्रतिबद्धता जनाए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रतिनिधिमण्डलले बिहीबार मन्त्री भण्डारीसँग भेटगरी व्यवसायीका समस्याबारे अवगत गराएका थिए । मन्त्री भण्डारीसँगको भेटमा व्यवसायीहरुले आफूहरुको माग राज्यले सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता आउन सक्ने जानकारी गराएका थिए । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबारसम्बन्धी प्रष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए ।





प्रतिक्रिया दिनुहोस्