करारका कर्मचारी हटाउने सरकारको तयारी

आर्थिक लाइभ
आर्थिक लाइभ ११ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । सरकारले सबै निकायमा रहेका करारका कर्मचारी हटाउने तयारी गरेको छ। चालू आर्थिक वर्षको राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको हो।
अत्यन्त आवश्यक र प्रविधिक कर्मचारी रहेको खण्डमा मात्रै राख्ने अन्यथा सबै करारका कर्मचारी हटाउने काम थालनी गरेको हो। त्यसको लागि कुन निकायमा कस्ता कर्मचारी रहेका छन्। त्यसको विवरण अहिले अर्थमन्त्रालय संकलन गरिरहेको छ। अर्थ मन्त्रालयले सबै मन्त्रालयहरु सबै निकायलाई आफू मातहतको निकायमा रहेको कर्मचारीको सबै विवरण पठाउन पत्रचार गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

Array