वित्तीय संस्थाको समस्या समाधान गर्न गम्भीर छौंः अर्थमन्त्री

आर्थिक लाइभ
आर्थिक लाइभ १० फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठक पश्चात संसद् भवन बाहिर सञ्चारकर्मीलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताए ।

उनले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भीर रुपमा सरोकारवालासँग छलफल भइरहेको बताए। उनले विभिन्न चरणमा बैठक बसेर केही महत्त्वपूर्ण निर्णय भइसकेको बताए । अर्थमन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणी प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायले काम थालिसकेको बताए । उनले चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

Array