विश्व बैंकले कृषि स्टार्टअपलाई अनुदान दिने

आर्थिक लाइभ
आर्थिक लाइभ ९ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । विश्व बैंकको आर्थिक सहयोगमा स्टार्ट–अप अनुदानका लागि संयुक्त प्रोफाइल पेश गर्न आह्वान गरिएको छ। उत्पादक संस्था र खरिदकर्ताहरुले उत्पादनमूलक साझेदारीमा आधारित स्टार्टअप अनुदानका लागि प्रोफाइल पेश गर्न आग्रह गरिएको हो।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले विश्व बैंकको आर्थिक सहयोगमा अनुदान वितरण गर्नेछ।

३५ जिल्लाका १७१ वटा स्थानीय तहहरुमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिरहेको छ। अनुदानको लागि कृषि उत्पादक, वितरक र बजारीकरणमा सहभागीले व्यवसायीले मात्रै प्रस्ताव पेश गर्न पाउनेछन्। कृषक समूह, सहकारीहरु, उत्पादक संघहरुले प्रोफाइल पेश गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

Array