२.५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

आर्थिक लाइभ
आर्थिक लाइभ ८ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँ ‘नागरिक बचतपत्र २०८४ क(५ वर्षे)’ नामको ऋणपत्र निष्काशन नगर्ने भएको छ । केन्द्रीय बैंकले फागुन १० गतेदेखि ११.५० प्रतिशतको ब्याज अफर गर्दै ऋणपत्र निष्काशन गर्न लागेको हो ।

वार्षिक ब्याजदर ११.५० प्रतिशत(ब्याजकर लाग्ने) कायम गरिएको यो लगानी उपकरणमा लगानी गर्नेले प्रत्येक ६ महिनामा ब्याजको भुक्तानी पाउनेछ । उक्त ऋणपत्रमा न्यूनतम १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई रु. १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्ममा फागुन ३० गतेसम्म खरीद गर्न सकिनेछ ।

यो उपकरणका इकाईहरु नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् ।

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन समेत सकिनेछ । यसर्थ ५ वर्ष अवधिका लागि आफूसँग भएको रकम एकमुष्ट लगानी गरेपछि भोलि कुनै इमेरजेन्सी परे यिनै बचतपत्रका इकाई धितोमा राखी ऋण निकालेर आफ्नो गर्जो टार्न सकिन्छ ।

यो बचतपत्रको निश्कासन मिति आगामी चैत ६ गते तोकिएको छ भने साँवा भुक्तानी मिति २०८४ चैत ६ गतेलाई तोकिएको छ ।

इच्छुकले अनलाइनबाट वा नेपाल राष्ट्रबैंकको वेबसाइटमा गएर नागरिक बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफूलाई पायक पर्ने बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरुको सहयोग लिई अनलाइन आवेदन भर्न सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array