कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

आर्थिक लाइभ
आर्थिक लाइभ ७ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ । कृषि विकास बैंकको प्रमुख कार्यकारी (अधिकृत सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्।

बैंक सञ्चालक समिति ९बोर्ड०को शनिबार बसेको बैठकले गुरुङलाई सीईओमा नियुक्त गरेको हो। यसअघि सीईओ छनोट समितिले तीनजनाको नाम बोर्डमा सिफारिस गरेको थियो। तीमध्येबाट गुरुङलाई सीईओ बनाउने निर्णय बोर्डले गरेको थियो।

कृषि विकास बैंकको सीईओमा २२ जनाले आवेदन दिएका थिए।। तीमध्ये ५ जनाको नाम सर्टलिष्ट गरिएको छ। बैंकको सीईओ पदका लागि गुरुङसँगै कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कामु नायब महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रीकुमार गुरागाईंको नाम सर्ट लिष्ट गरिएको थियो। सबै प्रतिस्पर्धीलाई पछार्दै गुरुङ सीईओ बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array