सम्पत्ति लिलामको सूचना प्रकाशित गर्दा ऋणीको फोटो नछाप्नुः राष्ट्र बैंक

आर्थिक लाइभ
आर्थिक लाइभ २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति लिलाम सम्बन्धी सूचना प्रकाशित गर्दा ऋणीको फोटो नछाप्न निर्देशन दिएको छ । हाल बैंक तथा वित्तीय संस्थाले निर्धारित समयमा कर्जा नतिर्ने ऋणीको सम्पत्ति लिलाम गर्दा पत्रिकामा फोटो सहित तीन पुस्ते विवरण छाप्ने गरेका छन् ।

ऋणीको नाम, ठेगाना र तीन पुस्ते विवरण छाप्न रोक नलगाएको केन्द्रीय बैंकले प्राकृतिक व्यक्तिको फोटो सहितको विवरण नछाप्न निर्देशन दिएको छ । इ.प्रा. निर्देशन नं. २-०७८ को बुँदा ४० मा संशोधन गर्दै कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न रोक लगाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रका संघ संस्थाले सम्पत्ति लिलाम गर्दा प्रकृतिक व्यक्तिको फोटो छाप्न नहुने माग गर्दै आएका थिए ।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले ऋण असुली सम्बन्धी सूचना प्रकाशित गर्ने क्रम उच्च दरमा बढेको छ । यस्तै, राष्ट्र बैंकले एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण गर्ने समेत निर्देशन दिएको छ ।

Circular-no-8-ABC

प्रतिक्रिया दिनुहोस्

Array