ब्याज दर यथावत राख्ने सहमति

आर्थिक लाइभ
आर्थिक लाइभ २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा नीतिगत दरहरु नघटाए बैंकहरुले निक्षेपको ब्याजदर पनि यथावत नै राख्ने भएका छन्। नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले मौद्रिक नीतिमा नीतिगत दरहरु नघटे निक्षेपको ब्याज दर यथावत राख्ने सहमति भएको हो ।

माघमा बैंकहरुले मुद्दती निक्षेको ब्याजदर घटाएर ११ प्रतिशत कायम गरेका थिए। फागुनमा पनि सोहि ब्याजदरलाई निरन्तरता दिने भएका हुन्। बैंकहरुले माघदेखि निक्षेपमा ब्याजदर घटाए पनि कर्जाको भने ब्याजदर घटेको छैन। आधार दर घट्दा आगामी बैशाखदेखि भने कर्जाको ब्याजदर घट्ने छ।

बैंकहरुले फागुनको लागि माघ अन्तिम दिन नै ब्याजदर तोक्नुपर्ने हुन्छ। त्यसैको लागि बैंकर्स संघले बिहीबार बिहान छलफल गरेको थियो। उक्त छलफलमा ब्याजदर यथावत नै राख्ने सहमति भएको छ।

नेपाल राष्ट्र बैंकले पनि शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ। उक्त समीक्षामा ब्याजदर घटाउने नीति लिए बैंकहरुले ब्याजदर घटाउन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्