काठमाडौं । हिमालयन–सिभिल बैंकको मर्जर प्रक्रियामा सिभिल बैंकका कर्मचारीले असन्तुष्टि जनाएका छन् । मर्जरमा कर्मचारी समायोजनमा सिभिल बैंकका कर्मचारीको एक तह पद घट्ने भएपछि कर्मचारीहरुले असन्तुष्टि जनाएका हुन् ।

उनीहरुले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका छन् । सिभिल बैंकका कर्मचारी युनियनका महासचिव निराजन केसीले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा २ घण्टा पेन डाउन गरिएको बताए ।

बिहान १० बजेदेखि १२ बजेसम्म देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू गरिएको हो । लामो समयदेखि काम गर्दै आएका कर्मचारीहरुलाई पनि यसले मर्कामा पार्ने भन्दै विरोध जनाएको उनीहरुले बताएका छन् ।
हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार यसअघि नै हुने भनिएपनि हालसम्म हुन सकेको छैन । यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि पुनः सारेको हो । अब फागुन १० गतेभित्र एकीकृत कारोबार गर्ने दुवै बैंकको तयारी छ ।




प्रतिक्रिया दिनुहोस्