काठमाडौं महानगरले भत्कायो मैतीदेवी प्रहरी बिट

आर्थिक लाइभ
आर्थिक लाइभ २४ माघ २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीस्थित फुटपाथमा बनाइएको प्रहरी बिट भत्काएको छ । महानगरले फुटपाथमा सर्वसाधारणलाई हिँड्नका लागि अवरोध पुगेकाले उक्त संरचना भत्काएको जनाएको छ ।

महानगरपालिकाले प्रहरीकै समन्वयमा उक्त संरचना हटाएको उल्लेख गरेको छ । सर्वसाधारण आवतजावत गर्ने बाटो छेक्ने गरी बनाइएको उक्त प्रहरी बिट अन्यत्र सार्नेगरी भत्काइएको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array