भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आयो

आर्थिक लाइभ
आर्थिक लाइभ १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । भारतबाट पेट्रोल र डिजलमा मूल्य बढेर आएको छ । नेपाल आयल निगमकाअनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य लिटर ८ रुपैयाँले बढेर आएको जनाएको छ ।
आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य र हरेक एक महिनामा एलपी ग्यासको नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ ।
सोही मूल्य पठाउने प्रक्रियाअनुसार एनओसीलाई प्राप्त विवरणमा पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ८÷८ रुपैयाँले बढेर आएको निगमका प्रवक्ता विनितमणी उपध्यायले बताए ।
उनकाअनुसार मट्टितेलमा ४.६० रुपैयाँ र हवाई इन्धन ७.८० रुपैयाँले बढेर आएको छ । तर, ग्यास प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array