देशको अर्थतन्त्र अझै चिन्ताजनकः प्रधानमन्त्री

आर्थिक लाइभ
आर्थिक लाइभ १२ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताएका हुन् । उनले अर्थतन्त्र चलायमान र गतिशिल बनाउनका लागि आफूले मन्त्रिपरिषद्को पहिलो बैठकमै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशानिर्देश गरेको पनि बताए ।

प्रधानमन्त्री दाहालले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता पनि जनाए ।

प्रतिक्रिया दिनुहोस्