काठमाडौं । विराटनगरमा एक व्यवसायीले आत्महत्या गरेका छन् । विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले हिजो घरमै झुण्डिएको अवस्थामा फेला परेको थिए।
विगत तीस वर्षदेखि न्यौपानेले विराटनगर शनी रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालनमा छ। न्यौपानेले आत्महत्या गर्नुअघि सुसाइड नोट लेखेका छन्।मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बैंकले पटक पटक कर्जा तिर्न ताकेता गरेपछि न्यौपानेले बैंकको दबाब थेग्न नसकी आत्महत्या गरेको आंशका रहेको बताए।
न्यौपानेले लेखेको सुसाइड नोटमा उल्लेख गरे अनुसार विराटनगरको एक विकास बैंकले माघ १० गतेभित्र बैंकको साँवा ब्याज नबुझाए सम्पूर्ण परिवारको फोटो पत्रिकामार्फत सार्वजनिक गर्ने भनेर दिएको चेतावनीपछि न्यौपानेले बेज्जतीको डरले आत्महत्या रोजेको देखिएको रिजालले बताए। अध्यक्ष रिजालले बैंकले दिएको दबाबका कारण उत्पन्न समस्या भएकाले यस्ता बैंकलाई अविलम्ब कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्।
न्यौपानेले आत्महत्या गर्नुअघि लेखेको ३ पानाको सुसाइड नोट फेला परेको मोरङ प्रहरीले जनाएको छ। न्यौपानेले सुसाइड नोटमा विभिन्न बैंक तथा वित्तीय संस्था र अन्य कारोबारीहरुसँग लिएको ऋण रकम उल्लेख गरेका छन्।

न्यौपानेले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएको उल्लेख छ। बैंकको किस्ता ५ लाख गरी १ करोड ५० लाखको आर्थिक भार रहेको सुसाइड नोटमा उल्लेख छ। त्यसैगरी, अर्को एक सहकारीमा १० लाख ऋण रहेको छ। शिखर इलेक्ट्रिक बुबाको नाममा रहेको बताइएको छ। मोरङ प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्