आर्थिक मिडिया सञ्चालक संघ (इमान) गठन

आर्थिक लाइभ
आर्थिक लाइभ १२ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । आर्थिक मिडिया सञ्चालक संघ (इमान) गठन भएको छ । बुधबार काठमाडौंमा सम्पन्न इमानको पहिलो साभारणसभाले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हाे । कार्यसमितिको उपाध्यक्षमा दैनिकी डट कमका माधवप्रसाद तिवारी र अर्थबजार डटकमका डिल्ली प्रसाद सापकोटा निर्वाचित भएका छन ।

संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की निर्वाचित भएका छन ।

संघको कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् भने कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छन् । दुई जना सदस्य कार्यसमितिको बैठकले चयन गर्ने महासचिव सुरज प्याकुरेलले जानकारी दिए । उनले आर्थिक विधाका सञ्चारमाध्यमहरुको हकहितका लागि गठन गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडियाहरु सदस्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस्