अन्तरबैंक ब्याजदर घटेर ५.८० प्रतिशत, निक्षेप र कर्जाको अवस्था कस्तो ?

आर्थिक लाइभ
आर्थिक लाइभ ११ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डौ । अन्तरबैंक ब्याजदर घटेर ६ प्रतिशत तल आएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ ८ गते अन्तरबैंक ब्याजदर घटेर ५.८० प्रतिशतमा झरेको हो। गत माघ ३ गते अन्तरबैंक ब्याजदर ७।२२ प्रतिशत थियो।

अन्तरबैंक ब्याजदर घट्नु सुखद रहेको र यसले तरलता सहज हुँदै गएको संकेत पनि गर्ने एक जानकारीले बताए। राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट ५ दिन ९माघ ४ गतेदेखि माघ ८गतेसम्म०को अवधिमा १२ अर्ब निक्षेप बाहिरिएको छ। माघ ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५३ खर्र्ब ४२ अर्ब रुपैयाँ रहेको छ। गत माघ ३ गतेसम्म कुल निक्षेप ५३ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले यो ५ दिनको अवधिमा निक्षेप १२ अर्ब रुपैयाँले घटेको हो।

यो अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि १० अर्ब रुपैयाँले घटेको छ। गत माघ ३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब १५ अर्ब रुपैयाँ रहेकोमा माघ ८ गतेसम्म घटेर ४७ खर्ब ५ अर्ब रुपैयाँमा झरेको छ।

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेर माघ ८ गतेसम्म ४२ खर्ब ६५ अर्ब रुपैयाँमा झरेको छ। गत माघ ३ गतेसम्म कुल कर्जा लगानी ४२ खर्ब ६७ अर्ब रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array