व्यापार घाटा ७ खर्ब ११ अर्ब, पुस महिनामा आयात ५ अर्बले घट्यो

आर्थिक लाइभ
आर्थिक लाइभ १० माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं। पुस महिना १ खर्ब २७ अर्बको आयात भएको छ। अघिल्लो महिना भन्दा आयात ५ अर्बले घटेको हो।

भन्सार विभागका अनुसार मंसिर महिनामा १ खर्ब ३२ अर्ब बराबरको आयात भएको थियो। पुसमा ५ अर्बले आयात कम भएको हो। चालु वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्ब बराबरको आयात वस्तु तथा सेवा आयात गरेको छ। गतवर्षको ६ महिनाको तुलनमा यो २० प्रतिशतले कम हो।

गत आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोडको आयात भएको थियो। आयातसँगै निर्यातमा समेत गिरावट आएको छ। पहिलो ६ महिनामा ८० अर्ब ८० करोड बराबरको निर्यात भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array