विकास बैंकहरुको पनि ब्याजदर घट्ने

आर्थिक लाइभ
आर्थिक लाइभ २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । विकास बैंकहरुले पनि माघमा ब्याजदर घटाउने निर्णय गरेका छन् । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनको बिहीबार बसेको बैठकले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।
नेपाल बैंकर्स संघको बैठकले पनि माघ महिनाबाट वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घटाउने निर्णय गरिसकेको छ । बैठकले मुद्दति निक्षेपको ११ प्रतिशत कायम गर्ने निर्णय गरेको छ ।

विकास बैंकहरुले पुसमा कायम ब्याजदरमा ०.८५ प्रतिशत घटाएर माघ महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत कायम गर्ने निर्णय भएको छ ।ऋष्खष् िद्यबलप

विकास बैंकहरूले पुस महिनामा ब्याजदर स्थिर राख्दै मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२.८५ प्रतिशत, संस्थागतर्फ १०.८५ र रेमिट्यान्समा १३.८५ प्रतिशत कायम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array