इन्धनको मूल्य घट्यो

आर्थिक लाइभ
आर्थिक लाइभ २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३-३ रुपैयाँ घटाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धनको मूल्य भने उच्च दरले घटाएको छ । वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array