नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत्

आर्थिक लाइभ
आर्थिक लाइभ १८ पुष २०७९, सोमबार
1 Min Read
Aa

भारतले इन्धनको मूल्य केही बढाएर पठाए पनि इन्धनको नेपाल आयल निगमले मूल्य यथावत राख्ने जनाएको छ । निगमका अनुसार पेट्रोलमा २.५४ रुपैयाँ, डिजेलमा २.९५ रुपैयाँ, हवाई इन्धनमा ४.१३ रुपैयाँ प्रति लिटर र एलपीजी ग्याँसमा प्रति सिलिन्डर ७८.२२ रुपैयाँ मूल्य बढेर आएको छ भने मट्टितेलमा भने केही घटेर आएको छ ।

अहिलेको मूल्यमा इन्धन बेच्दा एलपीजी ग्याँसमा प्रति सिलिन्डर ३५९।५० रुपैयाँ घाटा रहे पनि समग्रमा भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा भएको नाफाका कारण १५ दिनमा ९९ करोड नाफामा नै रहेको छ । निगमलाई १५ दिनमा एलपीजी ग्याँसमा मात्रै ४६.४४ करोड घाटा भएपनि समग्रमा नाफा नै रहेको छ । निगमको सरकारलाई तिर्नुपर्ने र आइओसीलाई तिनुपर्ने सम्पूर्ण रकम जोडेर झन्डै १८ अर्ब बक्यौता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array