पुस महिनाको पहिलो सातामा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार पुस महिनाको पहिलो सातामा कमर्शियल बैंकको निक्षेप २० अर्बले बढेको हो।
![](https://arthiklive.com/wp-content/uploads/2023/01/aa2-scaled.jpeg)
पुस १ गते वाणिज्य बैंकहरुको निक्षेप ४६ खर्ब २५ अर्ब रहेकोमा पुस ८ गतेसम्ममा निक्षेप बढेर ४६ खर्ब ४५ अर्ब पुगेको छ । यस अवधिमा कर्जा प्रवाह १ अर्ब मात्रै बढेको छ । पुस १ गते वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रहेकोमा पुस ८ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह १ अर्बले बढेर ४२ खर्ब २३ अर्ब पुगेको छ । त्यस्तै यस अवधिसम्ममा बैंकहरुको औसत सिडी रेसियो ८६.०६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्