गभर्नर अधिकारीले एक वषमा बुझे ४९ लाख तलब र भत्ता

आर्थिक लाइभ
आर्थिक लाइभ १२ पुष २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले गत आवमा तलब, भत्ता र अन्य सुविधाबाट ४९ लाख रुपैयाँ बुझेका छन्। तलबबाट मात्रै उनले गत वर्ष १४ लाख १८ हजार ४ सय रुपैयाँ बुझेको देखिएको छ भने ३ लाख ५ हजार रुपैयाँ बोर्ड बैठक भत्ता लिएको देखिएको छ। त्यस्तै अन्य सुविधाअनुसार उनले ३१ लाख ८१ हजार ८ सय ५५ रुपैयाँ लिएका छन्।

यो भनेको कुल उनले एक वर्षमा पाएको ४९ लाख ५ हजार २ सय ५५ रुपैयाँ हो। राष्ट्र बैंकको बोर्ड सदस्यले बैठक भत्तामात्रै प्रतिबैठक ९ हजार रुपैयाँ लिने गरेका छन्। जुन ०७८ मंसिर १ बाट यसअघि ५ हजार रहेको भत्ता रकम ९ हजार पु¥याइएको हो। त्यस्तै गैरकार्यकारी बोर्ड सदस्यले इन्धन, गाडी मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, ड्राइभर र औषधिको सुविधा पाउँछन्।

प्रतिवेदनअनुसार गैरकार्यकारी बोर्ड सदस्यले तलब नपाए पनि बैठक भत्ता र अन्य सुविधाको उपभोग गर्ने गरेका छन्। त्यस्तै कार्यकारी सदस्यतर्फ डेपुटी गभर्नर निलम ढुंगानाले गत वर्ष १२ लाख ६९ हजार ६ सय तलब, २ लाख ७३ हजार बोर्ड बैठक भत्ता र २७ लाख १७ हजार ५ सय १३ रुपैयाँ अन्य सुविधाअनुसार पाएकी छिन्।

अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले गत आवमा १२ लाख ६९ हजार ६ सय तलब, २ लाख ९६ हजार बैठक भत्ता र २६ लाख ३६ हजार ४ सय १७ रुपैयाँ अन्य सुविधाअन्तर्गत पाएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array