अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकतामा

आर्थिक लाइभ
आर्थिक लाइभ १२ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँग खुमलटारमा भएको भेटमा उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भइसकेको बताए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले महासङ्घकातर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई राखेर छिट्टै समस्या समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरे ।

भेटघाटमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले प्रचण्डलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवम् शुुभकामना दिएक थिए । गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालुपुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र अहिले देखिएको तरलता सङ्कुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array