लमजुङको हिलेटक्सारलाई मौरी पालनको ‘पकेट क्षेत्र’ घोषणा गरिँदै

आर्थिक लाइभ
आर्थिक लाइभ १२ पुष २०७९, मंगलवार
2 Min Read
Aa

जनक श्रेष्ठ

लमजुङ । दोर्दी गाउँपालिकाले वडा नं. ९ हिलेटक्सारलाई मौरी पकेट क्षेत्र घोषणा गर्ने भएको छ । आठाैँ गाउँपालिका बैठकले टक्सारलाई मौरी पकेट क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

यस्तै गाउँपालिकाको बैठकले पालिका भित्रका होटल तथा रेष्टुरेन्टमा रहेक बियर लगायत सिसाका खाली बोत्तलहरु आगामी ६ महिनाभित्रमा नहटाएमा वेयर विक्री वितरण गर्न रोक लगाउने निर्णय समेत गरेको छ । दोर्दी गाउँपालिका वडा नं. ४ नौथर सेरामा बसेको  बैठकले गाउँपालिकाभित्रका विभिन्न होटल तथा रेष्टुरेण्टमा विभिन्न कम्पनीहरुका वेयर लगायत अन्य सिसाका बोत्तलमा ल्याइएका पेय पदार्थहरुको बोत्तलले गाउँपालिकाका बजार कुरुप बन्दै गएकाले ६ महिनाभित्रमा हटाई सक्नुपर्ने वा फिर्ता लैजाउनुपर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।

त्यस्तै, सो बैठकले गाउँपालिकाको गाउँसभा आगामी २८ र २९ गते गर्ने निर्णय गरेको छ । त्यस्तै, लिपे मेमेपोखरी पदमार्ग निर्माण गर्न, फोहोर व्यवस्थापन तथा कम्पोष्ट मल बनाउने स्थल निर्माण, गाउँपालिका स्तरीय १५ शय्याको अस्पताल भवन निर्मााण गर्न आवश्यक जग्गा माग गर्न, राष्ट्रिय योजना आयोगमा पेश गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । एउटा चारपाङ्ग्रे सवारी साधन कार्यालय प्रयोजनका लागि भाडामा लिने निर्णय गरेको छ ।

लघु उद्यम विकास कार्यक्रमको लागि वडा नं. ८ बन्सारलाई छनौट गर्ने निर्णय गरेको छ । त्यस्तै, गाउँपालिकाभित्र सञ्चालित विभिन्न सहकारीहरु पालिकामा दर्ता गराउने, गाउँपालिकामा मालि राख्ने, दिर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्ने, जग्गा वर्गिकरण गर्ने, पालिकाले प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापन गर्ने लगायत १८ वटा निर्णयहरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्शेर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array