काठमाडौं महानगरको नगर प्रहरी विवादः सई चुडालको राजीनामा स्वीकृत

आर्थिक लाइभ
आर्थिक लाइभ ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीमा विवाद देखिएको छ । सई लोकनाथ चुडालले पदबाट राजीनामा दिएपछि नगर प्रहरी बलको आन्तरिक विवाद सतहमा आएको हो ।
चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मंगलबार पदबाट राजीनामा दिएका थिए । महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले तल्लो तहका कर्मचारीलाई अपमान गरेको र अनावश्यक दबाब दिएको चुडालको आरोप छ । काठमाडौं महानगरले पछिल्लो समय फुटपाथ खाली गराउने, नक्सा विपरीतका संरचना हटाउने, महानगरभित्रका होडिङ्ग बोर्ड तथा साइन बोर्ड व्यवस्थापन गर्नेलगायतका काम गर्दै आएको छ ।

यी काममा नगर प्रहरी बल खटिने गरेको छ । काम गर्दा गर्दै पनि आफ्नो २९ वर्षे सेवाअवधिमा पहिलो पटक नेतृत्वबाट अमानवीय व्यवहार भोगेकोले राजीनामा दिएको सई चुडालले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्