भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने ज्ञानेन्द्र शाहीको पहिलो एजेण्डा

आर्थिक लाइभ
आर्थिक लाइभ १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । जुम्लाबाट नवनिर्वाचित प्रतिनिधिसभा सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही, प्रदेश सभा सांसदद्वय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले नागरिकका समस्या ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाको आयोजनामा गरिएको नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता गरेका हुन्।

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘देश भ्रष्टाचारले बिग्रेको छ । भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने मेरो पहिलो एजेन्डा हो। सञ्चार क्षेत्रको विकास र पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिनेछु। यो क्षेत्रको सडक, बिजुली, टेलिफोन र कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिइनेछ। डोजर आतङ्कले बाढी पहिरोको जोखिम बढाएको छ। अनावश्यक सडक काटिएका छन्। अहिले सडकमा सवारीसाधन नै सञ्चालनमा छैनन्। यस्ता विकृतिलाई पनि रोक्नेछौँ।’

प्रदेश सभा सांसद देवेन्द्रबहादुर शाहीले काँग्रेस पार्टीले अन्याय गरे पनि मतदाताले न्याय गरेर निर्वाचित भएको बताए। राजनीतिलाई पेसा–व्यवसाय नबनाएर सेवाका हिसाबले काम गर्दै नागरिकका समस्यालाई ध्यानमा राखेर प्रथामिकीकरणका आधारमा अगाडि बढ्ने उनले बताए।
प्रदेश सभा सदस्य टेकराज पछाईले जुम्ला समृद्ध बनाउने आफ्नो योजना रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

Array