अहिले व्यक्तिगत वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चासोको विषयमा बन्ने गरेको छ । व्यक्तिले व्यक्तिगत वित्तीय व्यवस्थापन गर्न सके उसको व्यक्तिगत आर्थिक अवस्था राम्रो हुने गर्दछ । हामीले व्यक्तिगत वित्तीय व्यवस्थापनका केहि टिप्सहरु तल प्रस्तुत गरेका छौं ।

- वित्तीय लक्ष्यहरूको निर्धारण गर्ने ।
- आफ्नो स्रोत र साधनहरूमा बाँच्ने ।
- ऋणको सदुपयोग गर्ने ।
- ऋणको भाखा ननघाउने ।
- खर्च गर्न सतर्कता अपनाउने ।
- आफ्नो लगानी र प्रतिफलको तुलना गर्ने ।
- समय सँगसँगै पैसाको मूल्यको तुलना गर्ने ।
- चक्रवृद्धि ब्याजको असर बारेमा थाहा पाउने ।
- लगानी गर्दा आवश्यक जोखिम वहन गर्ने ।
- बचत गर्ने ।
- लगानी र सम्पत्तिको विविधीकरण गर्ने ।
- व्यक्तिगत पैसा व्यवस्थापन गर्ने बानी कसरी बसाउन सकिन्छ ।
- एक व्यक्ति वा संस्थाको लागि आपूmसँग भएको पैसाको सदुपयोगबाट पूरा गर्न सकिने
- परियोजनाहरू के के हुन सक्छन् भनेर पूर्व अनुमान गर्नु नै वित्तीय लक्ष्य हो ।
- लक्ष्य लामो पनि हुन सक्छ, छोटो पनि हुन सक्छ ।
- ५ वर्षपछि घर बनाउन लिएको ऋण कसरी तिर्ने भनेर तालिका बनाएर पूरा गर्नु र एक
- महिनापछि तिर्नुपर्ने ऋणको किस्ताबन्दी पूरा गर्न परिवारका सबै सदस्यले अलि बढी मेहनत
- गरेर प्रत्येक महिना रकम छुट्याउन सकिने प्रावधानलाई २ वटा उदाहरणका रूपमा लिन
- सकिन्छ ।
- यसले गर्दा आजको भोलि नगद जम्मा गरेर खर्च गर्नुपर्ने अवस्था सिर्जना हुन पाउँदैन जुन
- कुरा हाम्रो दैनिकीको लागि एकदमै झन्झटिलो हुन सक्छ ।
- आपूmलाई र आफ्नो परिवारमा आगामी महिना वा वर्षमा कुन कुन वस्तु तथा सेवा
- सदुपयोग गरेर परिवारको सदस्यको आवश्यकता र चाहना पूरा गर्न सकिन्छ भनेर सूची
- बनाई छलफल गर्ने गर्नुपर्छ ।
- सूची तयार गरेपछि प्रत्येक वस्तु तथा सेवाको अनुमानित रकम लेख्नुपर्छ । उक्त रकम
- जम्मा गर्न परिवारका सबै सदस्यले कसरी योगदान पु¥याउन सकिन्छ भनेर छलफल
- गर्नुपर्छ ।
- चर्को ब्याजमा पैसा लिएर कहिले पनि लक्ष्य पूरा गर्नतिर लाग्नु हुँदैन । यसले दीर्घकालीन
- रूपमा सधैंँ ब्याज र किस्ता तिर्न बाध्य पार्दछ । लक्ष्य परिपूर्ति भए पनि मनमा शान्ति
- हुँदैन ।
- आफ्नो लक्ष्य अनुसार पैसा खर्च भएको छ या छैन भनी हप्ता, दस दिनमा आपूmले सूची
- बनाएको आम्दानी र खर्चको तालिका दाँज्ने गर्नाले अनुशासित भइन्छ ।
- सबैभन्दा राम्रो, प्रत्येक वित्तीय लक्ष्य पूरा गर्दैगर्दा आइपर्ने सहजता र चुनौती के के हुन
- सक्छन् भनेर परिवारका सबै सदस्यसँग छलफल गर्नुपर्छ । यसबाट उत्तरदायित्व वहन गर्न
- सक्ने क्षमता बढ्छ ।
- एउटा कुनै लक्ष्य पूरा भएन भनेर दिक्दारी मान्नुभन्दा अर्को लक्ष्यसम्म कसरी पुग्न सकिन्छ
- भनेर आफ्नो जाँगर र आँट बढाउनु उपयुक्त हुन्छ ।
प्रतिक्रिया दिनुहोस्