के हो सहकारी ? सहकारीबारे बुझ्नैपर्ने टिप्सहरु

आर्थिक लाइभ
आर्थिक लाइभ २४ श्रावण २०७९, मंगलवार
6 Min Read
Aa

बोलीचालीको भाषामा सबै मिलेर काम गर्नु सहकार्य हो भनि त्यसै लाई नै सहकारिताका आधारमा भएको सहकार्य हो भनेर भुझेको पाईन्छ। तर सबै मिलेर गरेको सबै कार्यलाई सहकारिताका आधारमा भएको सहकार्य भन्न मिल्दैन।

सहकारीताका आधारमा गठन हुने संस्था जोसुकै व्यक्ति मिलेर संचालन हुन सक्दैन। सहकारी हुनलाई सहकार्यमा सबैको उदेश्य एक हुनुपर्छ।

तर एउटै उदेश्य भन्दैमा राजनैतिक कार्यकर्ताहरुले सस्था गठन गरेर सहकारी सस्थालाई राजनैतिक मंचको रुपमा उपयोग गर्ने, एउटा डाक्टरले प्रवेश गरेर आफ्नो क्लिनिकमा सबै सदस्यहरु बोलाएर आफ्नो आम्दामी बढाउने, ठगहरु मिली संस्था गठन गर्ने र छन्दम प्रवृतिका व्यक्तिहरु पसेर सदस्यको वचत लिएर कुलेलम ठोक्ने व्यक्तिहरु/ समुहहरुको बीच एकै उदेश्य हुने भएपनि त्यस्तो सहकार्य सहकारी मूल्य विपरीत हुने भएकोले सहकारी हुनै सक्दैन। यसैगरी एउटा व्यापारी र एउटा किसान बीच पनि एउटै उदेश्य नहुन सक्छ। त्यसैले उदेश्य एकै हुनलाई पेशागत समानता , पुँजीगतसमानता ।

सोचाई र दृष्ट्रिकोणमा समानता जस्ता पक्षहरु महत्वोपुर्ण मानिन्छन। कस्तो सहकार्य सहकारीको मूल्य मान्यता,सिदान्त र मर्म अनुरुपको सहकारी हुन सक्छ भनी स्पस्ट हुन निम्न पक्षहरुको आध्ययन गर्नु जरुरी छ।

१. सहकारितामा स्वायता सस्थाका माध्यमद्वारा सहकार्य गरिन्छ।

२. सस्था समान आवश्यकता र उदेश्य भएका व्यक्तिहरु मिलेर गठन गरिन्छ।

३. सस्थाको सदस्य बन्ने नबन्ने व्यक्तिको इच्छामा निर्भर रहन्छ। कसैले कर गरेर सदस्य बन्नु पर्ने बाध्यता हुदैन।

४. सहकारितामा स्वामित्व सामुहिक हुन्छ। कुनै एउटा व्यक्तिको मात्र स्वामित्व हुदैन। आर्थात सबै शेयर सदस्य सस्थाका समान दर्जाका मालिक हुन्छन।

५. सदस्य बन्न निश्चित रकम शेयरका रुपमा तिर्नु पर्छ र निश्चित जिम्मेवारी वहन गर्नुपर्छ।

६. सस्था सरकारले वा अरु कसैले संचालन गरिदिदैनन , सदस्यहरु स्वयम मिली संचालन गर्नु पर्छ। त्यसैले सदस्य मध्यबाटै निर्वाचन (चुनाव) गरी संचालक समिति, लेखा समिति र अन्य आवश्यकता आनुसारका समितिहरु गठन गर्नुपर्छ।

७. सस्थाले सदस्य भित्रमात्र कारोवार गर्नुपर्छ। कुनै सदस्य ले खाए,मासे, हिनामिना गरे सस्थाकै निर्णय द्वारा त्यस्तो सदस्य उपर कारबाही गर्नुपर्छ।

८. सस्थाको विनियम र अन्य नियमहरु पनि सदस्यहरु मिलेर बनाउनु पर्छ।

९. सहकरीतामा सबै सदस्यहरुले थोरै थोरै रकम जम्मा गरे पनि सस्थाले सदस्यको हितमा व्यवसाय गर्न सक्छ।

१०. सस्थाको दिर्घकालिन सोच (VISION) सदस्यहरुको आर्थिक, सामाजिक, सास्कृतिक, व्यवसायिक उन्नतिमा सहयोग पुर्याउने हुनु पर्दछ।

यसरी माथिका विभिन्न बुदाहरुका आधारमा हामी के भन्न सक्छौ भने सहकारिता भनेको सीमित भएका वा पुजी भएर पनि एक्लै व्यवसाय गर्न क्षमता नभएका, केही पुजी पनि छ र अलि अलि व्यवसाय गर्न पनि सक्ने खुबी छ तर यी दुवै कुराहरु भएर पनि व्यवसाय गर्दा सबै घाटा लाग्यो भने परिवार भोकै पर्छन भन्ने कुराले एक्लै व्यवसाय गर्न आट गर्न नसक्ने व्यक्तिहरु मिलेर गर्ने कार्य हो। यस्तो सहकार्य गर्दा आफुसंग भएको केही पुजी सस्थामा जम्मा गरी त्यसबाट व्यवसाय गर्ने कुशलता, क्षमता र आट सिर्जना गरि सस्थाकै माध्यमवाट व्यवसायिक एवं अन्य कारोवार संचालन गरी सदस्य परिवारको आर्थिक, सामाजिक, सास्कृतिक विकास सम्भब हुन्छ।

त्यसैले सहकारी नाफाका लागि व्यापारीले जस्तो केवल व्यापार,व्यवसाय गर्ने सस्था होइन, न त बैंक जस्तै गरी बैंकको मात्र कारोवार गर्ने सस्था हो। बरु यो समुदायमा आधारित रही सदस्यकै हितकालगि सदस्य माझ व्यवसाय गर्ने र सदस्यहरुलाई व्यवसायी, उधमशिल र क्षमतावान बनाउने कार्यमा निरन्तर सहयोग गर्ने सवल सस्थागत माध्यम हो

सहकारीको साधारण अर्थ ।

सह- सँग सँगै, समान, सहअस्तित्व

कार्य- काम

सहकारी- यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ । प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो । अैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुराहरु सहकारीकै रुप हुन् । आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो ।

सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरुले आपसि हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ ।

नेपाली बृहत शब्द कोषका अनुसार सहकारी संस्था भन्नाले “किसान, मजदुर वा साना पुँजी भएका व्यवसायी वा उपभोक्ताहरुले साझा रुपमा मिलेर सवैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पुँजी तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था” भनिएको छ ।

एउटा साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आ आफ्नो आर्थिक उन्नतीका लागि दर्ुइ वा दर्ुइ भन्दा बढी व्यक्तिहरू मिलि आ-आफ्नो आयको केहि अंश नियमित रुपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो । सहकारी लाई औद्योगिकरणको उपज मान्न सकिन्छ ।

सहकारी समुदायले गर्ने व्यवसाय हो ।

शेयर सदस्यहरु सहकारीको स्वामी र ग्राहक दुबै हुन्छन् ।

सहकारीमा पूँजीको हैन सदस्यको महत्व हुन्छ ।

सहकारीले वित्तीय विकासका साथै सामाजिक विकास र वातावरण संरक्षणको दायित्व पनि निर्वाह गरेको हुन्छ

समुदायमा आधारित सहकारी संस्थाका विशेषताहरु

संस्थाका संस्थापक, संचालक तथा कर्मचारीहरु स्थानिय व्यक्ति नै हुन्छन् ।

संस्थाले विनियमका साथै विभिन्न निति नियमहरु तयार गरी त्यसैका आधारमा संस्थाका कार्यहरु संचालन गरिएका हुन्छन् ।

संस्थामा भएको रकमको निश्चित प्रतिशत संस्थामा तरलता राखि बांकी रकम आफ्ना सदस्यहरुलाई नै ऋण लगानि गरिएको हुन्छ ।

संस्थापक र संचालकहरुको लगानि नाम मात्रको (अन्यन्त थोरै) नभई स्वभाविक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array