विद्युतीय भुक्तानीले मार्‍याे फड्को, यस्ता छन् फाइदा

आर्थिक लाइभ
आर्थिक लाइभ २४ श्रावण २०७९, मंगलवार
3 Min Read
Aa

पछिल्लो समय विद्युतीय भुक्तानीले फड्को मारेको छ ।  नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीका विषयमा  विगत  ५÷७ वर्ष अगाडीदेखि नै विभिन्न नीतिहरुको तर्जुमा गर्दै आएको छ ।

विशेषगरी स्टोजेजि पोलिसी,  पोलिसी पेपरहरु तर्जुमा गरिएको छ । जस्तै ‘भुक्तानी तथा फछ्र्योट ऐन २०७५’ तुर्जमा भएर आइसकेपछि पुनः ‘भुक्तानी तथा फछ्र्योट नियमावली २०७७’ आइसकेको  छ ।

त्यसपछि आउने अनुमति नीति, निर्र्देशनहरु, एकिकृत निर्देशनहरु, अथवा गाइडलाइन्सहरु, जस्तै क्युआर आइडलाइन्स भनेजस्तै, अरु माइन्युएल्स, कार्यविधिहरु ल्याइएको छ । यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिमा पनि विद्युतीय भुक्तानीलाई प्राथमिकता दिएको अवस्था छ ।

पछिल्लो समय विद्युतीय कारोबारमा उल्लेखनिय वृद्धि भएको पाइएको छ ।  नेपाल राष्ट्रको तथ्यांकअनुसार साउन महिनासम्ममा क्यूआर कोड स्क्यान गरी हुने कारोबारमा नयाँ रेकर्ड नै कायम भएको छ । साउनमा मात्रै १२ लाख ९३ हजार ३ सय ४९ वटा कारोबारबाट ५ अर्ब ५६ करोड रुपैयाँको भुक्तानी भएको छ । यो एक महिनाको अवधिमा क्यूआर कोड स्क्यानमार्फत भएको अहिलेसम्मकै धेरै कारोबार हो ।  वालेटमार्फत हुने कारोबार पनि उल्लेख्य वृद्धि भएको छ । साउन महिनामा मात्रै १ करोड ३१ लाख ५५ हजार ५ सय एकवटा कारोबारबाट १४ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ । यो वालेटमार्फत एकै महिनामा भएको कारोबारको पनि अहिलेसम्मकै बढी हो ।

राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको छ । विद्युतीय कारोबारमा आकर्षण बढाउन विद्युतीय भुक्तानी गर्दा लाग्ने सेवा शुल्कको सीमा तोकेर कारोबार गर्न पाउने रकम दोब्बरले बढाएको छ । प्रिपेड कार्डमार्फत एक पटकमा १० हजार, एक दिनमा २० हजार र एक महिनामा २ लाख रुपैयाँसम्म कारोबार गर्न पाइने व्यवस्था गरिएको छ ।

डेबिट कार्डबाट प्रतिकारोबार २५ हजार, एक दिनमा १ लाख र एक महिनामा ४ लाख रुपैयाँ कारोबार गर्ने गरी सीमा बढाइएको छ । मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख र इन्टरनेट बैंकिङबाट २० लाख रुपैयाँसम्म कारोबार गर्न पाउने व्यवस्था गरिएको छ ।

विद्युतीय भुक्तानी भनेको के हो रु

कम्प्युटर, मोबाइल, कार्ड जस्ता उपकरणहरूको प्रयोग गरी इन्टरनेटका माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन्छ । विद्युतीय भुक्तानीमा नगद, चेक आदिको प्रयोग गरिन्न ।

यस्ता छन् फाइदा

नगद प्रयोग नगरेर विद्युतिय माध्यमबाट गर्ने वित्तिकै पहिला आफैलाई फाइदा हुन्छ । अहिलेका अवस्थामा कोरोनाको कुरा आइरहेको छ । कमसेकम त्यो नोट छुन परेन ।  दोस्रो कुरा दिनेले दियो । लिनेले लियो । रेकर्डमा त रह्यो । भोली मैले कतै यताउता कहाँ दिएको थियो, कति दियो, केहि भन्न परेन । त्यो रेकर्डमै बस्यो र ढुक्क भयो । जहिले पनि मैले तपाईलाई भुक्तानी गरेको थिए । अथवा मैले लिएको थिए भन्न पाइयो ।

नगद कारोबार गर्दाका अरु जोखिमहरु च्यातियो, झुत्रो पर्‍याे भन्ने पनि भएन । नक्कली प¥यो कि भन्ने पनि भएन । एकदम ट्रान्सपरेट, रेकडेट भयो । आफु सबैलाई ढुक्क भयो ।

प्रतिक्रिया दिनुहोस्

Array