आईपीओ पाइपलाइनमा रहेका ३० कम्पनी

आर्थिक लाइभ
आर्थिक लाइभ २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । धितोपत्र बजारमा प्रथामिक सेयर निष्काशनका लागि ३० कम्पनी पाइपलाइनमा छन् । नेपाल धितोपत्र बोर्डका अनुसार हालसम्म विभिन्न ३० कम्पनीले ६ अर्ब ६४ करोड ६५ लाख ५१ हजार रुपैयाँ बराबरको ६ करोड ४३ लाख ७८ हजार ६ सय ५४ कित्ता आइपीओका लागि बोर्डमा आवेदन दिएका छन् ।
जसमध्ये ४ कम्पनीको सबै डकुमेन्ट रिभ्यु गरी टिप्पणी पठाइसकिएको छ भने, ७ कम्पनीको डकुमेन्ट रिभ्यु गरी नपुगेको डकुमेन्ट मागेर फेरी आएको डकुमेन्ट पनि रिभ्युको चरणमा रहेको बोर्डले जानकारी दिएको छ ।

आइपीओ जारी गर्नका लागि आवेदन दिएका मध्ये जलविद्युतसम्बन्धी १६ ओटा र लघुवित्त, अतिरिक्त र उत्पादनमुलक समुहका ३÷३ कम्पनीले आइपीओका लागि आवेदन दिएका छन् । यस्तै होटल तथा पर्यटन र बीमा समुहका २÷२ कम्पनीले आइपीओका लागि आवेदन दिँदा अतिरिक्त समुहको १ कम्पनीले आईपीओका लागि आवेदन दिएको बोर्डले जानकारी दिएको छ । आवेदन दिने जलविद्युत कम्पनीमध्ये धेरैजसोले प्रभावित क्षेत्रका लागि आइपीओ छुट्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array