तराई यातायात व्यवसायी संघको अध्यक्षमा ओमकृष्ण कार्की निर्वाचित

आर्थिक लाइभ
आर्थिक लाइभ २० फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं । तराई यातायात व्यवसायी संघको अध्यक्षमा ओमकृष्ण कार्की निर्वाचित हुनुभएको छ । कार्की नेपाल ट्रक यातायात व्यवसायी महासंघका कोषाध्यक्ष समेत हुनुहुन्छ । तराई यातायात व्यवसायी संघको १६औँ वर्षिक साधारणसभा एवं छैठौं अधिवेशनबाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । संघको वरिष्ठ उपाध्यक्षमा सहैल अख्तर अन्सारी, केन्द्रिय उपाध्यक्षमा, जीवन कुमार श्रेष्ठ, क्षेत्रीय उपाध्यक्ष (उत्तर)मा बोधराज आचार्य, क्षेत्रीय उपाध्यक्ष (दक्षिण)मा उमकेश्वर प्रसाद रौनियार,क्षेत्रीय उपाध्यक्ष (पश्चिम)मा कुमार राई,क्षेत्रीय उपाध्यक्ष (पुर्व)मा विरेन्द्र कार्की निर्वाचित हुनुभएको छ। साथै संघको महासचिवमा अर्जुन प्रसादअधिकारी, उप(महासचिवमा देव कुमार श्रेष्ठ, सचिवमा क्रमशः लोकराज पौडेल, मनोज यादवज र राम बहादुर कार्की निर्वाचित हुनुभएको छ ।

यस्तै संघको सह(सचिवमा तुफान फारुक अंसारी, कोषाध्यक्षमा नारायण प्रसाद घिमिरे, सह(कोषाध्यक्षमा नवीन थापा पनि निर्वाचित हुनुभएको छ । यस्तै संघको सदस्यहरुमा सुदिप रिमाल, दिलुमाया श्रेष्ठ,लोक बहादुर पोखरेल, मदनराज कंसाकार, विजय रंजितकार,करण कुमार चौधरी, राजादिन बाबु,उत्तम कुमार पौडेल,संजय कुमार गुप्ता निर्वाचित हुनुभएको छ । शुक्रबारदेखि सुरु भएको साधारणसभाको उद्घाटन पुर्व श्रम मन्त्री तथा प्रतिनिधिसभा किसान श्रेष्ठले गर्नुभएको थियो । तराई यातायात व्यवसायी संघको स्थापना २०६१ सालमा भएको थियोे । नव निर्वाचित कार्यसमिति कार्यकाल तीन वर्षको रहने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्