काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण आंगिक क्याम्पसहरू शुक्रबार बन्द हुने भएका छन्। त्रिभुवन विश्वविद्यालयका सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चुडाराज उप्रेतीको निधनमा शोक बिदा निर्णय गरिएको हो।

यही फागुन ८ गते उप्रेतीको निधन भएको थियो। उप्रेतीको निधनमा शोक मनाउनका लागि शुक्रबार बिदा दिइएको त्रिवि सभा तथा कार्यकारी सचिवालय परिषद्का प्रमुख विष्णुप्रसाद अर्यालले जानकारी दिए।

उक्त दिन पूर्वनिर्धारित परीक्षाहरू यथावत रहने र त्रिवि केन्द्रीय कार्यालय लगायतका सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालय बन्द गरिने सचिवालय परिषद्ले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्