काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।

उनी केही समयदेखि अस्वस्थ रहेकोमा बिहीबार राति घरमै निधन भएको हो । पछिल्लो समय लाइभ दोहोरीमा लोकप्रिय रहेका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्