काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमणका कारण थलिएका उनको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कांग्रेस नेतृ सिर्जना सिंहले रिजालको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएकी छन् ।

रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति पनि हुन् ।




प्रतिक्रिया दिनुहोस्