पूँजीगत खर्च ६१.५ प्रतिशतमा खुम्चिनु चिन्ताको विषय : प्रधानमन्त्री

आर्थिक लाइभ
आर्थिक लाइभ ११ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीगत खर्च समग्रमा ६१.५ प्रतिशतमा सीमित हुनु चिन्ताको विषय भएको बताएका छन् ।

कुल बजेट बिनियोजनमा पुँजीगत खर्चको अंश त्यसै पनि न्यून रहने र त्यही न्यून बजेट पनि पूरा खर्च नहुने अवस्था हरेक वर्ष दोहोरिने गरेकाले सबैले गम्भीर भएर सोच्न आवश्यक रहेको उनले बताए ।

सोमबार दिउँसो सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समस्याको समाधान निकाल्नेतर्फ लाग्न संघीय मन्त्री र सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

Array