मिटरब्याजीलाई कारबाही गर्ने विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

आर्थिक लाइभ
आर्थिक लाइभ १२ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक प्रमाणीकरण गरेका छन् । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ । विधेयक प्रतिनिधिसभाले गरेको संशोधन स्वीकारसहित राष्ट्रियसभा बैठकले बिहीबार सर्वसम्मतीले पुनः पारित गरेको थियो । त्यसपछि राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए । योे विधेयक प्रतिनिधिसभाले भने गत असार ३१ गते संशोधनसहित पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array