पोल्याङबेसीमा दुर्घटना, लमजुङ भोर्लेटारका युवकको मृत्यु, एक जना घाइते

आर्थिक लाइभ
आर्थिक लाइभ १ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । कास्कीको रूपा गाउँपालिका वडा नंं ३ पोल्याङफेदीमा सवारी दुर्घटनामा लमजुका एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पोखराबाट लमजुङ तर्फ आउँदै गरेको ग १ ख ७६८६ नम्बरको यात्रुबहाक बस र लमजुङबाट पोखरातर्फ जाँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकल सोमबार बिहान पोल्याङफेदीमा एकआपसमा ठक्कर खाएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल नगरपालिका वडा नंं ६ भोर्लेटारका अन्दाजी २३ बर्षका विवेक वि.क.को मृत्यु भएको छ भने मोटरसाइकलमा सवार दिपेन्द्र वि.क. गम्भीर घाइते भएका छन्। उनको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।
प्रहरीले बसका चालक बिशाल गुरूङलाइ नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array