‘बीमा क्षेत्रले भरपर्दो र विश्वासिलो सेवा दिनुपर्छ’

आर्थिक लाइभ
आर्थिक लाइभ २ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बाहिरी देखाउने तामझाम भन्दा पनि भरपर्दो भएर काम गर्न बीमा क्षेत्रलाई आग्रह गरेका छन् । उनले बीमा प्राधिरणको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बाहिरी सजिसजावटमा भन्दा पनि आफ्नो व्यवसायलाई भरपर्दो बनाउनका लागि आग्रह गरेका हुन् ।

बीमा कम्पनीहरुलाई नियमन गर्ने निकाय बीमा प्राधिकरणले पनि आफ्नो जिम्मेवारीलाई के सही के गलत भनेर अवलोकन गर्न सक्नुपर्छ । उनले भने प्राधिरणले पनि ५५ औं वार्षिकोत्सव मनाइरहदा बीमा क्षेत्रमा भएका गतिविधीहरुमा केके कमजोरी भए, केके गर्न सकियो, के गर्न सकिएन भनेर मुल्याङकन गर्नुपर्छ । आफु नियामक निकाय भएर आफुले व्यवसायिक हैसियत छ की छैन त्यसको समेत अबलोकन गर्ने पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्